Logo
Logo

हुण्डी कारोवार गर्ने दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार पर्सा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदलयात्रीसमेतको चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका–७ पहाडीटोल बस्ने वर्ष २२ को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने वर्ष २२ को सौरभ कुमारका साथबाट स्रोत खुलाउन नसकेको नेपाली दुई लाख ९९ हजार ५०० रुपैयाँ र मोबाइल दुई थानसमेत फेला परेकाले सो नगदसहित रोशन र सौरभलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले नेपालबाट भारततर्फ अवैधरुपमा सामान ओसारपसार गरिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिकाको विभिन्न ठाउँबाट केराउ ६० किलो, साइकल एक थान, लेडिज टप्स ८२ थान, जेन्स भेष्ट ५५ थान पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्