Logo
Logo

भारतीय गायिकाको नाममा काठमाडौंमा ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ जेठ ।
भारतीय गायिका नेहा कक्करको कार्यक्रममा हलको क्षमताभन्दा बढी टिकट बचेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई प्रहरीले पक्राउ गरकेो हो ।

ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने भन्दै टिकट बेचेर ठगी गरेको र सबै दर्शकले कार्यक्रम नै हेर्न नपाएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । उनका अनुसार प्रत्येक टिकटवापत ५ हजार रुपैयाँ लिइएको थियो ।

अन्तरराष्ट्रिय कलाकार आउँदा समेत प्रहरीसँग आवश्यक सुरक्षा समन्वय नगरेको, क्षमताभन्दा बढी टिकल काटेकोलगायत आरोपमा सञ्चालकलाई पक्राउ गरिएको डिएसपी वोगटीले बताए । सञ्चालकले कार्यक्रम हेर्न नपाएका दर्शकको टिकटको मूल्य फिर्ता नगरे ठगी ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । प्रहरीले डिस्कोका सञ्चालकहरुमाथि समेत छानबिन अघि बढाएको छ । डिस्कोका सञ्चालकमा राजु सिंह र भुपेन कुँवर छन् ।

प्रतिक्रिया दिनुहोस्