Logo
Logo

प्राइममा–ललितपुर फाइनान्स एक्विजिसन गर्नेसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कमलपोखरी काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ लगनखेलस्थित केन्द्रीय कार्यालय रहेको ‘ग’ वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्वन्धी सहमतिपत्रमा शनिबार एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दीपक महर्जनले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्तिपश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ । नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्गनिर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्