Logo
Logo

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ



पाँचथर । किरात याक्थुङ चुम्लुङ (कियाचु) लिम्बुवान प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट मधुराज केरुङ चयन भएका छन् ।

पाँचथरमा शुक्रबार भएको अधिवेशाबाट केरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा टंकमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ, सचिवमा इक्साहाङ चेम्जोङ र कोषाध्यक्षमा बिन्द्रकुमार नाल्बो चयन भएका छन् ।

समितिका सदस्यहरुमा कबिन्द्र सेर्मा, मनकुमारी पन्धाक, इन्दिरा मेयङ्हाङ, बुद्ध इङ्वा, दिलु लिङ्देन, तीर्थ सावदेन र अन्य जिल्लाबाट एक महिला एक पुरुष प्रतिनिधित्व हुने गरि कार्य समिति चयन भएको छ ।

प्रदेश १ का उद्योग, श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाङगामले उद्घाटन गरेको अधिवेशनमा कियाचुका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, कमल तिगेलालगाय विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्