Logo
Logo

कतारमा एकीकृत समाजवादीको मजदुर शाखा गठन



कतार । नेकपा एकीकृत (समाजवादी)को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च विदेश शाखा संगठन गठनमा केन्द्रित भएको छ ।

यसै क्रममा एकीकृत समाजवादी पार्टीनिकट मजदुर संगठन एकीकृत ट्रेड युनियन महासंघ नेपालको प्रवास कमिटी एकीकृत नेपालि प्रवासी श्रमिक संघ कतार शाखा गठन गरिएको छ ।

प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष राम हरि गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले एकराज कटवाल (दिनेश)को अध्यक्षतामा १५ सदस्यीय कतार शाखाको तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा ज्वाला शाही र सुबास रानाभाट, महासचिव गणेश ढकाल, सचिव (संगठन) पदम रानाभाट, सचिव (आर्थिक) चन्द्र कुँवर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा राजु बि. क., रोज थापा, पूर्ण सेन्चुरी, बिराज राई, सम्झना लामा, रुप बहादुर रानाभाट, बमबहादुर रानाभाट, गीता बि.क. र भिम क्षेत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्