Logo
Logo

जसपाद्वारा प्रदेश १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ प्रस्ताव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने प्रस्ताव गरेको छ ।

जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पुष्ठभूमि, पहिचानको आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नु पर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

अध्यक्ष प्रवीण चाम्लिङद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रदेश नामाकरण सम्बन्धमा २०७७ असोज २३–२४ गते नै निर्णय गरिएको उल्लेख । प्रदेश १ को नामाकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिवद्ध रहेको विज्ञप्तिमार्फत भनिएको छ । ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पुष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामाकरण गर्नु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रदेशको नामाकरणबारे भइरहेको वहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई स्वागतयोग्य र गम्भीर भनेको छ ।

आज मंगलबार नै प्रदेश नम्बर १ सरकारले प्रदेशको नामाकरण बारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा ढाकिएको सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्