Logo
Logo

प्रदेश १ का प्रहरी ‘चिल्लै’ ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीको गोप्य आन्तरिक सर्कुलर फेसबुकमार्फत् बाहिरिएको छ । जून सर्कुलरले प्रहरी अधिकारीहरु सुरक्षामा भन्दा कमाउन केन्द्रित भएको प्रष्ट हुन्छ ।

प्रदेश नम्बर १ प्रहरी कार्यालयले गरेको गोप्य सर्कुलर इलाका प्रहरी कार्यालय धरानले फेसबुकमार्फत् सार्वजनिक गरेको हो । गल्तीबस सार्वजनिक गरिएको सो सर्कुलर पछि हटाइएको थियो । जसले प्रहरीमा हल्लीखल्ली भएको छ । सो सर्कुलरमा प्रहरीहरु नै तस्करीमा लागेको, विप्लव समूहका कार्यकर्ता पक्राउ गर्न चासो नदिएको, ड्युटी कमजोर देखिएको तथा प्रहरी सार्वजनिक कार्यक्रममा जिल्ला इन्चार्जहरुले चासो नदिएको उल्लेख छ । विप्लव समूहका बारेमा प्रहरी ‘चिल्लै’ रहेको भने उल्लेख गरिएको छ ।

सबै प्रहरी कार्यालयका इन्चार्जहरुलाई गरिएको त्यो गोप्य सर्कुलर यस्तो छ–

१) विप्लब समूहको गतिबिधि बढिरहेको छ , जिल्लाहरुले हिजोआज मान्छेहरु नियन्त्रणमा लिएको छैन । बढी भन्दा बढी मान्छेहरुलाई एग्रोसिभ भएर समात्ने नियन्त्रणमा लिने भनेको अहिलेसम्म मोरङले १ जना समाते भनेर मौखिक रिपोर्ट गरेको छ अन्य चिल्लै छ । सूचना संकलनमा कमी भएर हो या जिम्मेवारी वहन गर्न नसकेको हो मानिस नियन्त्रणमा लिनलाई लापर्बाही गरेको हो ? मैले २४ घण्टाको अल्टिमेटम सबैलाई दिएको छु, भोलि बेलुकासम्म बिप्लवको गतिबिधिमा संलग्न मानिसहरु पक्राउ गर्न नसक्ने जिल्ला इन्चार्जलाइ म स्पष्टीकरण सोधेर कारवाही गर्छु बेलै सजग भएर काम गर्नू,

२) सोलुको छेस्काममा भए जस्तै घटना अन्य जिल्लाहरुमा पनि हुन सक्छ, सबै प्रहरी उच्च मनोबलको साथमा राख्ने, आफ्नो सुरक्षालाई समेत ध्यानमा राखि उच्च मनोबलका साथ प्रतिकार राम्रासँग गर्ने, भोलि बाटै ठाउँ ठाउँमा एआरपीहरु खटाउने कमजोर रहेको प्रहरी चौकीहरुमा रात्री मुकाम गराउने र जिल्ला इन्चार्जहरुलाइ मैले भनिसकेको छु, हप्तामा २ वटा युनिटको दिनमा अनुगमन गर्ने निर्देशन गर्ने, १ वटा युनिटमा गई बास बस्ने भनेर कुनै जिल्ला इन्चार्जहरुले पनि रिपोर्टिङ गरेको छैन, भोलिबाटै कार्यान्बयन गर्ने कुन ठाउँमा जाने हो रिपोर्टिङ गर्ने ।

३) रातको ड्युटीमा पहिलाको भन्दा निकै कमीकमजोरी देखिएको छ, जिल्ला इन्चार्जहरु चेन्ज भएर हो या राम्रो अनुगमन नभएर हो ? अर्को कुरा रातको ७÷८ बजेपछि सिप्रअ हरु सिभिल पोशाक लगाउने लस्याक लुसुक बरालिएर हिंडेको पाएको छु अब मैले कहीँ कतै फेला पारे भने स्पोटमा कारबाही गर्छु र जिल्ला इन्चार्जहरु रातको १२.०० सम्म अनिबार्य रुपमा खटिने १२.०० पछि ट्वाइसीलाई निकाली अनुगमन गर्ने गराउने ।

४) बोर्डर एरियाहरुमा प्रहरी कर्मचारीहरुकै मिलोमतोमा तस्करी मौलाएको भनी रिपोर्टहरु आएको छ । प्रकहरु गैर ब्यबसायिक आर्थिक लेनदेन घटनामा संलग्न रहेको भन्ने केहस् ठाँउको सूचनाहरु आएको छ । गैर ब्यबासायिक कृयाकलाप ऐन, नियम प्रतिकूल हुने कार्य कोही कसैलाई क्षम्य हुदैन । शून्य सहनशीलतामा काम गर्ने गराउने प्रमनिज्युबाट निर्देशन पनि पठाइसकेको छ । सोही भने अनुसार कार्य गर्ने गराउने ।

५) प्रहरी हिरासतको ब्यबस्थापन प्रभावकारी बनाउने, पक्राउ परेका जघन्य केशका थुनुवाहरु पनि भागेको भाग्यै छन्, अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । थुनुवा ल्याउँदा लैजाँदा सुरक्षामा ध्यान दिने, हिरासतमा पनि थुनुवामध्येबाट लाइन पाले खटाउने बसेको छ, छैन चेक चाँज बेलाबेला गर्ने ।

६) जिल्लाहरुले बेला बेलामा समुदाय साझेदारी कार्यक्रमहरु गरी बेला बेला जाहेर गरी राखेकै थियो, अहिले जिल्लामा नयाँ इन्चार्जहरु आएपछि सबै बन्द भए त के भएको हो ? पहिला के के काम हुँदैथ्यो हेरेर गर्नु पर्दैन ।

७) गुण्डागर्दी र लुटपाटको घटना भैरहेको छ, धरानको पानमारामा लुटपाट गर्ने मान्छे अहिलेसम्म पक्राउ हुन सकेको छैन । उर्लाबारीमा फेरी गुण्डाहरु आएर जबर्जस्ती कागज गर्यो भनी सुनिएको गुण्डागर्दीलाइ पूर्णरुपले निमिट्यान्न बनाउने

८) प्रदेश ट्राफिकको एसपी नयाँ आएको छ, पहिलाको एसपी साबले थालनी गरेको कार्ययोजना अनुरुप प्रभावकारी कार्ययोजना बनाई जनचेतना लगायत आफूले गर्नुपर्ने कार्यहरु प्रभावकारी तरिकाले गर्ने गराउने, पहिलाझै २ जना सिप्रअको कमाण्डमा राडर गन निकाल्ने ।

प्रतिक्रिया दिनुहोस्