Logo
Logo

पोखरामा गोली चल्यो


- दृष्टि न्युज/संवाददाता


पोखरा, २९ जेठ ।
पोखराको उत्तम चोकमा प्रहरीले गोली हानेर एक व्यक्तिलाई पक्राउ गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए। जोन भनिने गोविन्द थापालाई गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको छ।


लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेका थापासँग प्रहरीको जम्काभेट हुँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको दाबी गरेको छ। उनको बायाँ खुट्टामा गोली लागेको छ ।
थापासँग कुनै हतियार नभएकाले गोली चलाउनुपर्ने अवस्था थिएन । चर्चा कमाउनका लागि नयाँ एसपीले गोली चलाएको एक प्रहरीले बताए । पछिल्लो समयमा चर्चा कमाउनका लागि सामान्य अभियुक्तलाई पक्राउ गर्न पनि गोली चलाउने गलत संस्कृती प्रहरीमा बढ्दै गएको छ । एसपी कार्की एक साताअघि मात्र कास्कीमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्