Logo
Logo

जिटुजीमार्फत भारतबाट युरिया र डिएपी मल ल्याइने


189
Shares

काठमाडौं । जीटुजी व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतका रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा सोमबार एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको छ ।

हस्ताक्षर समारोहमा बोल्दै सचिव राजेशकुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा व्यक्त गरे ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्