Logo
Logo

कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने


441
Shares

कैलाली । नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो ।

आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए ।

दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने बताइएको छ । सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कलेलले आआफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिनुभएको थियो । मतदानका क्रममा ४८ मत बदर भएको थियो ।

सचिव पदमा भने नृपबहादुर सुनार, अमृत बिसी र केशव मिश्रले उम्मेदवारी दिनुभएको छ । दुई हजार ५७६ मतदाता रहेकामा दुई हजार ४८६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्