Logo
Logo

‘एमसीसी जस्ताको जस्तै अनुमोदन हुनबाट जोगायौं’


3.7k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पहलका कारण अमेरिकी सहयोग परियोजना एमसीसी जस्ताको तस्तै अनुमोदनल हुनबाट जोगिएको दाबी गरेको छ । मंगलबार एमसीसी सम्झौताबारै पार्टीको अधिकारी धारणा सार्वजानिक गर्दै एकीकृत समाजवादीका अध्यक्ष्मा माधवकुमार नेपालले सो कुरा बताएका हुन् ।

उनले आफूहरुले व्याख्यात्मक घोषणसहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने बताए । नेकपा एमालले एमसीसीलाई विवादित बनाउने काम गरेको उनले आरोप लगाए ।

उनले भने, ‘यदी हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तो अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्थ्यो । त्यसो हुनबाट जोगिएको छ । यसलाई हाम्रो पार्टीले दिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ ।’

देश, जनता, संविधान, व्यवस्था र जन चाहनाअनुसार नै व्याख्यात्मक घोषणासिहत एमसीसी अनुमोदन गरको अध्यक्ष नेपालले बताए । नेपालद्वारी जारी विज्ञाप्तिमा भनिएको छ- ‘अतः हाम्रो यो निर्णय, देश, जनता, संविधान र जन चाहनाको सम्मानसहित गरिएको निर्णय हो । यसले अहिले सञ्चालित एव्म भविष्यमा समेत सञ्चालन हुने विकास परियोजनहरुलाई मार्ग निदर्शन गर्छ ।’

प्रतिक्रिया दिनुहोस्