Logo
Logo

रुससँग कति छन् परमाणुअस्त्र ?


1.1k
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई परमाणुअस्त्र ‘विशेष सतर्क अवस्थामा’ राख्ने आदेश दिएपछि विश्वभरि त्यसबारे चासो व्यक्त भएको छ ।

विश्लेषकहरू त्यसलाई रुसले परमाणुअस्त्र प्रयोग गरिहाल्ला भनेरभन्दा पनि पुटिनले सम्भवतः अरू देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिएको अर्थमा बुझ्नुपर्ने बताएका छन् ।

रुसको भण्डारमा कतिवटा त्यस्ता अस्त्र छन् ?
युक्रेनमा रुसले आक्रमण जारी राख्दा रुसी राष्ट्रपति पुटिनले परमाणु अस्त्र तयारी अवस्थामा राख्न आदेश दिएका छन् । ‘नेटोसँग आबद्ध देशका शीर्षस्थ नेताहरुले हाम्रो देशबारे चर्को कुरा गरिरहेका छन् ।’ उनले भनेका छन्,‘ त्यसैले म रक्षा मन्त्रालय र सेना प्रमुखलाई रणनीतिक परमाणु फौजलाई सर्तक अवस्थामा राख्न आदेश दिन्छु ।’ यद्यपी यो रुसले परमाणु अस्त्र प्रयोग गर्न लागेको संकेत भने होइन ।

कस्तो छ रुसको पारमाणविक सामथ्र्य ?
रुससँग परमाणु अस्त्रको सबैभन्दा ठूलो भण्डार छ । तर, अहिलेसम्म कुनै पनि युद्धमा रुसले ती अस्त्र प्रयोग भने गरेको छैन । सन् १९४५ मा अमेरिकाले जापानमा दुईवटा परमाणु बम प्रहार गर्दा एक लाख जनाभन्दा बढीको मृत्यु भएको थियो । रुस र अमेरिका दुवैसँग पारमाणविक युद्धशीतको ठूलो भण्डार छ । रुससँग अनुमानित ५, ९७७ वटा युद्धशीत छन् भने अमेरकासँग झण्डै ५,४२८ वटा । शीतयुद्धका बेला विभिन्न पारमाणविक संकटहरु देखा परे । तनाव मत्थर भएपछि अस्त्रको संख्या सीमित पार्न सहमतिहरु भए । रुससँग १, ५०० वटा सक्रिय अस्त्र छन् भने जगेडामा ४, ५०० वटा छन् । तीमध्ये भूमिमा १, १८५ वटा । समुद्रभित्र पनडुब्बीमा ८०० वटा छन् । अनि विशाल बमवाहक विमानमा बोक्न मिल्ने झण्डै ५८० छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पारमाणविक द्धन्द्धको सम्भावना न्यून भएको बताएका छन् । उनले पारमाणविक द्धन्द्धको कुरा नै कल्पनाशील भनेका छन् । उनले भने, ‘परमाणु अस्त्रको प्रयोग केही कुराले पनि उचित ठहर्याउन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्