
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रविधि व्यवसायी इलोन मस्कलाई युद्धपछि युक्रेन भ्रमणमा आउन निम्तो दिएका छन्
जवाफमा मस्कले पनि आफू युक्रेन भ्रमणमा आउन इच्छुक रहेको बताएका छन् । मस्कले युक्रेनलाई एक ट्रक स्टारलिङ्क इन्टरनेट टर्मिनल पठाएका थिए, जसले उनको कम्पनीको स्याटेलाइटमा आधारित सेवामा जोडिन्छन् । यो साता उनले थप त्यस्ता सामग्री पठाउने बताएका छन् ।
युक्रेनी सरकार युक्रेनको इन्टरनेट पहुँच निश्चित गर्न र सञ्चार संरचनामाथि रुसी आक्रमणको प्रभाव कम गर्ने उद्देश्यले काम गर्दै आएको छ ।











