Logo
Logo

रुसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जंगलमा अलपत्र



काठमाडौं । रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो ।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिँडेको हुने सक्ने आशंका गरे ।

खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्