Logo
Logo

नेपाल प्रहरीका १९ डीआईजीको सरूवा को कहाँ ? (सुचि सहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १ अषाढ ।

गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश तथा अन्य विभिन्न स्थानमा डिआइजी फेरिएका हुन्।

एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।

यस्तै योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी आएका छन् ।

सरुवा सूची

प्रतिक्रिया दिनुहोस्