
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् ।
अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छैन ।
उक्त विद्युतको नहरमा ठाउँ-ठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।











