Logo
Logo

असफलतातर्फ सिआईबी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुनै समय सिंगो प्रहरी संगठनको इज्जत माथि उठाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) पछिल्लो समय असफलतातर्फ लम्कँदै छ । न त उसले ठूला घटनाको सफल अनुसन्धान गर्न सकेको छ, न त अपराध नियन्त्रणमा ‘प्रो एक्टिभ’ शैली नै अपनाउन सकेको छ । बालुवाटारको जग्गा प्रकरणमा सिआईबीले छिट्टै एक्सन लिने अपेक्षा गरिएको थियो । तर, तीन महिना बित्दा पनि केही नयाँ तथ्य पत्ता लगाउन सकेको छैन । सो प्रकरणको अनुसन्धान हेरेका डिएसपी कवित कटवाललाई बारामा सरुवा गरिएको छ ।

त्यस्तै हिमाल आरोहीहरुको उद्दारका नाममा भएको ठगी (फेक रेस्क्यु) को अनुसन्धानमा पनि सिआईबी अल्झिएको छ । सरकारले त्यससम्बन्धी अनुसन्धान गरी कारबाही गर्ने जिम्मेवारी सीआइबीलाई दिए पनि हालसम्म कोही पक्राउ परेका छैनन् । दबाबकै कारण सिआईबीले यो प्रकरणमा कारबाही गर्न नसेको स्रोत बताउँछ । जबकि पर्यटन मन्त्रालयले गरेको छानबिनमा दोषी कम्पनीहरुको नामै नै किटान गरेर कारबाही सिफारिस गरेको थियो ।

सिआईबीबाट अन्य संगठित किमिसका घटनाको समेत पछिल्लो समय छानबिन हुन सकेको छैन । कतिपय हाइप्रोफाइल केसको बीचमै अनुसन्धान रोकिने गरेको स्रोत बताउँछ ।

विगतमा अनुसन्धानमा दख्खल राख्ने प्रहरीलाई मात्र ब्यूरोमा राखिन्थ्यो । अझ एक समय त अन्र्तवार्ता नै लिने चलन थियो । अहिले ब्यूरोमा त्यो अवस्था छै्रन । सोर्सफोर्स लगाएर कतिपय गलत नियत भएका प्रहरीसमेत सिआईबी जाने गरेका छन् । त्यहीकारण डेढ सय भन्दा धेरै जनशक्ति भएको सिआईबी प्रभावकारी हुनसकेको छैन ।

अनुसन्धानमा माथिल्लो निकायबाट हुने हस्तक्षेप नै सिआईबी ओरालो लाग्नुको प्रमुख कारण ठानिएको छ । प्रहरी र गृह नेतृत्वले अनुसन्धानमा दख्खल भएका प्रहरीलाई राख्ने भन्दा पनि आफू निकट प्रहरीलाई राख्न थालेपछि यस्तो अवस्था हो ।

प्रतिक्रिया दिनुहोस्