काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।
सोमबार बसेको पोलिटव्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको एमाले जनाएको छ । बैठकपछि पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए ।
सोमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ ।











