Logo
Logo

जिपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


567
Shares

सर्लाही । जिपले ठक्कर दिँदा सर्लाहीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो राति सर्लाहीको गोडैता नगरपालिका–१० मा जिपको ठक्करबाट ४० वर्षीया रञ्जिता देवी मण्डलको मृत्यु भएको हो । जिपले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । भारत घर भएकी मण्डल हाल सर्लाहीको गोडैतास्थित माइती घरमा बस्दै आएकी थिइन् । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी ६५ वर्षीया जयकलिया देवी मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैलाई गएराति करिब साढे ९ बजेतिर भारतीय नम्बरको जिपले ठक्कर दिएको थियो । प्रहरी चौकी गोडैताका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्