
मोरङ । मोरङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कटहरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक स्थानीय वर्ष २२ का रबि हजारी थारुको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि बस्ने २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को २९ प ९१९७ नम्बरको मोटरसाइकल हिजो राति करिब साढे ८ बजेतिर अनियन्त्रित भई घरको भित्तामा ठोक्किएको थियो ।











