काठमाडाैं । नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी नवराज ढकाल निर्वाचित भएका छन् । संघको सातौँ वार्षिक साधारणसभाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकसमेत रहेका व्यवसायी ढकालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको महासचिव राजेन्द्रलाल श्रेष्ठले जानकारी गराए ।
संघको विशिष्ट सदस्यमा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ छन् भने उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल छनोट भएका छन् ।
महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा तीर्थबहादुर रोका र मनोज श्रेष्ठ भधेल रहेको संघले जनाएको छ ।
नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा अरनिको राजभण्डारी, अरुण केसी, वासुमाया तामाङ, भुवनेश्वर फैजू, बिना प्याकुरेल श्रेष्ठ, वीरेन्द्र शाही र किसन सुनार छन् ।











