Logo
Logo

कस्तो रहला आज दिनभरिको मौसम ?


693
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य परेको छ ।

देशको प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने महाशाखाले उल्लेख गरेको छ । यसैगरी देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ

महाशाखाका अनुसार आज राति देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने छ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेका कारण आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्