
मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने बताएका छन् ।
लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रहरी जवानको परिवारलाई न्याय दिने बताएका हुन् । आइतवार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विरोधमा भएको झडपका क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतंकित बनाउने तत्वहरुले सरकारलाई गम्भीर बनाएको बताए । ‘हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानूनी दायरामा आउँछन् ।’ उनले भने, ‘अनुसन्धानको क्रम जारी छ सफल अनुसन्धान हामी गछौं ।’ मन्त्री कार्कीले सो घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
मङ्गलवार कोसी तथा नोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा उनले जानकारी लिएका हुन् । बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै मन्त्री कार्कीले घाइतेको उपचारमा सम्बन्धमा विशेष ख्याल गर्न आग्रह गरे ।











