Logo
Logo

साह निकटको आन्दोलनमा एमालेकै सांसद् झाको आपत्ति


2.6k
Shares

रौतहट । एमालेका पोलिटव्यूरो सदस्य प्रभु साह निकटले जारी राखेको आन्दोलनमा एमालेकै सांसद् रेखाकुमारी झाले आपत्ति प्रकट गरेकी छन् ।

यही चैत २ गते भएको दुर्घटनामा दुई जनाको मृत्यु भएपछि नेता साह पक्षधरले गर्दै आएको आन्दोलनप्रति सांसद् झाले आपत्ति जनाएकी हुन् । उक्त घटनापछि साह निकटका आन्दोलनकारीहरुले रौतहटमा लगातार प्रदर्शन गर्दै आएका छन् । सांसद् झाले व्यक्तिगत स्वार्थका लागि साहले दुर्घटनापछिको सो प्रदर्शनलाई ‘राजनीतिक इस्यू’ बनाएको आरोपसमेत लगाएकी छन् । निजी स्वार्थका लागि भएको आन्दोलनमा सहभागी नहुन पनि सांसद् झाले अपिल गर्दै आएकी छन् । दुर्घटनालाई राजनीतिकरण गरेर साहले एमालेको बदनाम गरेको भन्दै उनले निष्पक्ष छानबिनमा असर पुग्ने किसिमका गतिविध र आन्दोलनका कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरेकी छन् ।

सो आन्दोलन पार्टीको आधिकारिक नीति र निर्णय विपरीत रहेको भन्दै सांसद् झाले गैरआधिकारिक जिल्ला कार्यसमितिको निर्णय नमान्न पनि एमालेका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेकी छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी उनले साह पक्षधरको आन्दोलन व्यक्तिगत स्वार्थका लागि भएको भन्दै उक्त आन्दोलन गर्ने पार्टीले आधिकारिक निर्णय नगरेको स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्