Logo
Logo

प्रचण्डले प्रधानमन्त्रीलाई गराए ५ बुँदामा ध्यानाकर्षण


1.2k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग दस वर्षे जनयुद्धमा पीडित बनेकाहरुको राहत तथा सम्मानका विषयमा छलफल गरेका छन् ।

हिजो बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले देउवासँग जनयुद्धका पीडितहरुलाई राहत एवं सम्मान उपलब्ध गराउने विषयमा छलफल गरेका हुन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सो विषयलाई लिएर गरिएको छलफलका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई विभिन्न ५ बुँदामा ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा जनयुद्धका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्नुपर्ने, विभिन्न आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ताको व्यवस्थालगायत विषय उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्