Logo
Logo

एआईजी बढुवाबारे समितिसँग लिखित जवाफ माग


4.7k
Shares

काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएकोबारे बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ ।

गत सोमबार सिफारिसबाट असन्तुष्ट बनेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले उजुरी दिएपछि आयोगले सचिवालयसँग त्यसको प्रतिक्रिया मागेको हो ।

बढुवाबारे गुनासो सुन्ने समितिको बैठकले त्यस सम्बन्धमा के कसो भएको हो भनेर प्रतिक्रिया लिने निर्णय भएबमोजिम बढुवा सिफारिस समितिलाई पत्र पठाएको लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । बढुवाबारे उजुरी सुन्ने समितिको अध्यक्ष लोक सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ ।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर, हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा चैत ६ गते उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्