Logo
Logo

राजनीति सङ्लो हुन नेतृत्व इमान्दार बन्नुपर्छः अध्यक्ष लिङ्देन


504
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व इमान्दार नभएसम्म राजनीति सङ्लो नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा हिजो आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । नेतृत्वमा इमान्दारिता भए मात्र जनताको विश्वास पनि बढ्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले आफूले त्यस्तै नेतृत्व बन्ने अठोट लिएको बताए । त्यसक्रममा कृषि क्षेत्रमा माटो विज्ञको रूपमा लामोसमयको अनुभव संगालेका पूर्व डिन प्रा.डा. केशवराज अधिकारी, वन विभागबाट सेवा निवृत्त भएका वन विज्ञ बलराम पौडेल, सिभिल इन्जिनियरबाट सेवा निवृत्त भइ वातावरण संरक्षण क्षेत्रमा कार्यरत ठाकुर पण्डितलगायत राप्रपामा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनलगायत अन्य नेताहरुले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष लिङ्देनले विज्ञहरुबाट प्राप्त साथ, सहयोग, सुझाव र समर्थनका कारण थप ऊर्जा मिलेकाले आफू उत्साहित भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्