
काठमाडौं । शववाहनसँग ठोक्किएको मोटरसाइकलमा आगलागी भएको छ ।
सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाटतर्फ आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहनसँग बा.५२ प ५३८५ नम्बरको मोटरसाइकल जुधेको थियो । भक्तपुरको लोकन्थलीमा भएको उक्त दुर्घटनामा मोटरसाइकल जलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार शववाहनसँग ठोक्किँदा मोटरसाइकलमा आगो लागेको हो ।
उक्त दुर्घटनामा घाइते भएका ओखलढुंगाका ३९ वर्षीय भेषकुमार शर्माको लोकन्थलीस्थित समिट अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।











