Logo
Logo

ब्राउन सुगरसहित दुईजना पक्राउ


1k
Shares

काठमाडौं । ४७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका–६ घर भई काठमाडौं मच्छेगाउँ बस्दै आएका ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्ने २० वर्षीय रमेश यादव पक्राउ परेका हुन् । हेटौंडाबाट काठमाडौं आउँदै गरेका उनीहरुलाई प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित फर्पिङ चेकपोष्टको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउपछि उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्