Logo
Logo

उच्च शिक्षा सञ्चालन गर्न छुट्टै ऐन बनाउनुपर्छ : गगन थापा


126
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार किर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सवैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए ।

थापाले उच्च शिक्षा सञ्चालन गर्नका लागि छुट्टै ऐन बनाउनुपर्ने बताए । उनले उच्च शिक्षासम्बन्धी ऐन बनाउन ढिलाइ भइसकेको पनि बताए । उनले भने, ‘उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने वा नखोल्ने र शिक्षाको सम्बन्धमा संघ तथा प्रदेशको जिम्मेवारी केके हुने भन्नेमा पनि छलफल गर्नुपर्छ ।’

महामन्त्री थापाले विश्वविद्यालय राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिए । नेपालको उच्च शिक्षा सञ्चालनका लागि ऐनको आवश्यक रहेको उनको भनाइ छ ।
उनले मुलुकमा ठूलो परिवर्तन भएपनि विश्वबिद्यालयको बिषयमा कसैको ध्यान जान नसेकेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्