काठमाडौं । नेकपा एमाले बैठकस्थलमा कुटाकुट गर्ने पत्रकारबीच मिलापत्र भएको छ । रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरूको हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आफ्नो गल्ती स्वीकार गर्दै अब यस्ता घटना नदोहोरिने जनाएका छन् ।

कार्की बैङ्कटमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिस जंग क्षेत्रीबीच हात हालाहाल भएको थियो । दुवैलाई बोलाएर गरिएको छलफलमा उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
सो घटना सञ्जालमा भाइरल भएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको हो ।
कार्की बैंक्वैटमा प्रथम चरणको झगडापछि फेरि दोस्रो चरणको झगडा पनि भएको थियो । एजएफपीजेका अध्यक्ष वन्तको समूहसहित हरिशजंग हिमाल टेलिभिजनको कार्यालयमा पुग्दा फेरि हानाहान भएको हो । हिमालयमा झगडा गरेपछि श्यामले हरिशजंगसँग माफी मागेका छन् ।












