Logo
Logo

ओलीद्वारा प्रतिनिधि सभा विघटनको फेरि बचाउ


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जोगाउन आफू नेतृत्वको सरकारले गरेको संसद् विघटन गरेको भन्दै बचाउ गरेका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ‌ओलीले पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी रहेको बताएका हनु ।

ओलीले पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी भएको बताए ।

ओलीले भने, ‘पुस ५ गते पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी थियो । पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि त्यो गर्नु जरुरी थियो । यति बेला वामपन्थी एकता होइन पार्टी प्रवेश गर्नुपर्‍यो । प्रचण्डका मान्छे अझै यतातिर ल्याउनु पर्‍यो प्रचण्डको भाँडो रित्तो भएपछि प्रचण्डले पार्टी एकता गर्लान् नि त ।’

प्रचण्डले ‘जनयुद्ध’का नाममा कार्यकर्ता र जनतालाई धोका दिएको ओलीको भनाइ छ । प्रचण्डले बरु परिवारकै लागि उद्योग खोलेको भए हुने ओलीको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्