Logo
Logo

यस्तो रहनेछ आज दिनभरिको मौसम


756
Shares

काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको छ ।

बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी राति देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने बताइएको छ । प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

त्यस्तै पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्