Logo
Logo

विपक्षी दलको भ्रमलाई कांग्रेसले चिर्नुपर्छः वरिष्ठ नेता पौडेल


756
Shares

फाइल फोटो

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् ।

कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताए । उनले भने, “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेका छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

फरक प्रसंगमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्