Logo
Logo

दुई जना भारतीय नागरिक पक्राउ


1.3k
Shares

प्रतिकात्मक तस्वीर

धनगढी । महिलालाई जबर्जस्ती करणी गरी गरगहना लुटपाट गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कालङ्गा हाइड्रोपावरमा काम गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

बझाङको केदारस्युँ गाउँपालिका–५ मा चैत ४ गते बेलुका खेतमा महिलालाई जबर्जस्ती करणी गरी गरगहना लुटेको आरोप उनीहरुमाथि छ । भारत पश्चिम बंगाल राज्यको माल्दा जिल्लाका वर्ष २९ का बिजय राजवंशी र २२ वर्षका सन्तान मुर्मु भनिने सनातन मुर्मु पक्राउ परेका बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

महिलालाई जबर्जस्ती करणी गरी नाकमा लगाएको सुनको नथिया, कानका रिङ, घाँटीमा लगाएको तिलहरी र मंगलसुत्र गरी कूल ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थपपछि थुनामा राखेर उनीहरुमाथि अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्