Logo
Logo

पल प्रकरण : आजै थुनछेक आदेश जारी हुन सक्ने



काठमाडौं । जिल्ला अदालत तनहुँमा पल शाहविरूद्धको बलात्कार मुद्धामा आज पनि बहस जारी छ । पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै, पलको पक्षबाट २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस आज मात्र टुंगिँदैछ ।

जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार बिहीबार आज बिहान ११ बजेदेखि वाग्लेको बहस सुरु भएको छ ।
पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए । पलका पक्षबाट अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरेका थिए ।

त्यस्तै, बिहीबार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासमा पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बहस गर्दैछन् । त्यसपछि आजै बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने गर्दैछन् ।

थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन् । पीडितका पक्षबाट सुरूवाती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेश गरेकी छन् ।

बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेश गरेकी थिइन् ।

खतिवडाले पेश गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए ।
अभिनेता पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन् । हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन् । बहस सकिए बिहीबार नै थुनछेक आदेश जारी हुन सक्ने जिल्ला अदालत तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्