Logo
Logo

रुस-युक्रेन युद्ध : युक्रेनको पक्षमा उभियो नेपाल


1.3k
Shares

काठमाडौं । रुस–युक्रेन युद्ध एक महिनायता जारी छ । रुसले युक्रेनलाई कब्जा गर्ने प्रयास जारी राखेका बेला नेपाल फेरि युक्रेनको पक्षमा उभिएको छ ।

बिहीबार राति राष्ट्रसंघको महासभामा युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा भोट हालेर युक्रेनको पक्षमा उभिएको हो ।

महासभाको ११औं आपतकालीन विशेष सत्रमा युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव दुई तिहाइ बढी सदस्यबाट पारित भएको छ । राष्ट्रसंघका १९३ सदस्यमध्ये प्रस्तावको पक्षमा १४० भोट आएको थियो भने विपक्षमा पाँच भोट परेको थियो ।
विपक्षमा भोट हाल्नेमा रूस, सिरिया, उत्तर कोरिया, इरेट्रिया र बेलारूस थिए । नेपालका दुई छिमेकी भारत र चीनसहित ३८ मुलुक मतदानमा अनुपस्थित भएका थिए ।

यसअघि बुधबार संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा रूसले राखेको युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव चीनबाहेक अरू १३ सदस्यले साथ नदिएपछि असफल भएको थियो ।

राष्ट्रसंघको महासभाले युक्रेनमाथि रूसी आक्रमणको आलोचना गर्दै प्रस्ताव पारित गरेको यो दोस्रो पटक हो । गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही भन्दै युक्रेनी भूमिमा सेना पठाएपछिे हरेक मुलुकले अर्को मुलुकको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताउँदै नेपाल युक्रनेको पक्षमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्