Logo
Logo

न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा



काठमाडौं । न्यूरोडस्थित रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्द भएको वषौँपछि रञ्जना सिनेप्लेक्स नाममा सञ्चालनमा आएको हो । शुक्रबारबाट सञ्चालनमा आएको रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् ।

१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु अत्याधुनिक सेवा सुविधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ ।

यस्तै नेपालमै पहिलोपटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडी चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोड मानिसको अत्याधिक चाप हुने स्थान हो । सो स्थानमा अर्को चलचित्र हल नहुँदा रञ्जनाको पुरानो इतिहास दोहोरिन सक्ने पूर्वानुमान गर्न सकिन्छ ।

बिं.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्ये एक हो । कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् ।

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो । सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । बिभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए । कालु गुरुङ,बिरेन्द्र नारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहीबार साँझ विसेष शो आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्