
काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले बढेर रु. एक लाख ९०० तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ४०० छ । यसको मूल्य बिहीवार प्रतितोला रु. ९९ हजार ८०० थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार ४०० पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ ।












