काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको छलफलले आगामी स्थानीय तहको निर्वाचनमा तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

शुक्रबार नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई आफ्नो निवास बोहोराटारमा बोलाएर छलफल गरेका थिए । सो छलफलको क्रममा सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता रहेको अधिकांश नेताहरुले बताएका थिए ।
बाजुरा जिल्ला सभापति रामसिंह रावलका अनुसार स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्ने र तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्ने सुझाव पौडेललाई दिएका थिए ।
बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, केन्द्रीय सदस्यद्वय डा. शशांक कोइराला र दीपक गिरीलगायत पौडेल पक्षका जिल्ला सभापतिहरु सहभागी थिए ।











