Logo
Logo

सिंगापुर पठाउने भनेर तीन सय जनालाई ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार।
रोजगारीका लागि सिंगापुर पठाउने भनेर तीन सय जनालाई ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोट तारकेश्वर घर भई मनमैजू बस्ने प्रवीण पौडेललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


क्रुजमा काम लगाइदिने भन्दै उनले तीन सय युवासँग ५ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
भारतमा लगेर केही समय तालिम दिने र पाँच लाख लिएर प्रोेसेस हुँदै छ भनेर उनले ठगी गर्दै आएका थिए । बिशालनगरमा द एप्रिन्टाइस फर्म कम्पनीमार्फत उनले ठगी गरेको महाशाखाका एसएसपी सहकुल थापाले बताए । फरार रहेका उनलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्