Logo
Logo

शान्तिको ‘बिरानो सहरमा’ राजेश हमालको जीवन्त अभिनय (भिडियो)



काठमाडौं । गलजकार शान्ति शर्माको शब्दमा रहेको ‘बिरानो सहरमा’ बोलको गीत रिलिज गरिएको छ । उक्त गीतमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रकाश मिश्रले गीत को मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन् ।

प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गरेका छन् ।

गीतकार शान्ति शर्माको यस अघि नै ‘अम्लान फूल’ गजल सङ्ग्रह , ‘बार्दलीमा जून मुक्तक सङ्ग्रह लगायतका कृतीहरू पाठकहरूले मन पराइसकेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्