Logo
Logo

टिपरको ठक्करले दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


उदयपुर, ४ असार । टिपरको ठक्करबाट उदयपुरमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका ७ लाटीखोलास्थित भुल्केमा स४प ३६१ नम्बरको मोटरसाइकललाई बा२प ७०९ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
मदनभण्डारी लोकमार्ग निर्माणका लागि खटिएको टिपरले बसाहाबाट बेल्टारेतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नपाको वडा नं ४ बसाहाका ४६ वर्षीय खगेन्द्र राई र ४५ वर्षीय जीवनकुमार साम्पाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जनाए ।
घटनालगत्तै चालक फरार रहेका छन् भने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनापछि स्थानीयले लोकमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्