Logo
Logo

बालिका बलात्कार आरोपमा २ जना वृद्ध पक्राउ


882
Shares

काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको अभियोगमा दुई जना वृद्ध पक्राउ परेका छन् । कैलालीको चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षका बालिकालाई बलात्कार गरेको आरोपमा दुई वृद्ध पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार चुरे गाउँपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाह पक्राउ परेका हुन् ।

डिएसपी जोशीका अनुसार शनिवार जंगलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । त्यस्तै घोडाघोडी नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा उक्त सोही ठाउँका ६० वर्षीय कल्लु दमाइ पक्राउ परेका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुुर शाहीले बताए ।

आरोपी दुवै वृद्धलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्