
जनकपुर । मधेश प्रदेशका प्रमुख हरिवंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ उनले प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।












