Logo
Logo

निर्मला पन्त प्रकरणः थप प्रहरीको जागिर धरापमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार ।
निर्मला पन्त प्रकरणमा थप प्रहरीको जागिर धरापमा परेको छ । सो प्रकरणमा प्रहरीले यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन डीएसपीसहित चार जना प्रहरीविरुद्ध जाहेरी परेको छ ।


घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भीमदत्तनगर–१८ सालघारीका विशाल चौधरीले तत्कालीन डीएसपी कृष्णराज ओझासहित अन्य तीन जना प्रहरी विरुद्ध यातना कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिहीबार जाहेरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा, भीमदत्तनगर–१८ स्थित सालघारीको अस्थाई प्रहरी पोस्टका तत्कालीन प्रमुख असई रामसिंह धामी र जिल्ला प्रहरी कार्यालयबाट खटिएका अन्य प्रहरीविरुद्ध जाहेरी दिएका हुन् ।
रावललाई सिआईबीको टोलीले पक्राउ गरेको थियो । रावलसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत बयान लिएका थिए ।
यसअघि दिलिपसिंह बिष्टलाई यातना दिएको अभियोगमा समेत प्रहरीविरुद्ध मुद्दा दायर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्