
काठमाडौं । बुलेट ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौंको महाँकालमा हिजो साँझ ग्यास बुलेट ट्याङ्करले ठक्कर दिँदा काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको मृत्यु भएको हो । प्रहरीका अनुसार ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा बेलुकी ७ बजे मृत्यु भएको हो । मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो ।
प्रहरी वृत्त जनसेवाका अनुसार ठक्कर दिने बुलेट र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।












