Logo
Logo

पिच गर्न माग गर्दै तिनपिप्लेमा सडक अवरुद्ध


567
Shares

सांकेतिक तस्बिर

काठमाडौं । स्थानीयवासीले आज पनि तिनपिप्ले सडक अवरुद्ध गरेका छन् ।

मुड्खु–ककनी सडकखण्ड पिच हुनुपर्ने भन्दै तिनपिप्लेमा भेला भएका उनीहरुले सडक अवरुद्ध गरेका हुन् । स्थानीयले सडकमा अवरोध पुर्याउँदा सवारी साधन आउ-जाउ हुन सकेका छैनन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार स्थानीयले गाडी चल्न नदिएपछि नुवाकोटतर्फ जाने फोहोरका टिपरहरू समेत तिनपिप्लेबाटै फर्र्किएका छन् ।

बल्खु पुलबाट सुन्दरीघाट जाने सडक ग्राभेल गर्ने काम भइरहेको छ । सडक अवरुद्ध पारिएपछि त्यहाँ सञ्चालन हुँदै आएका सवारी साधन पनि चल्न सकेका छैनन् । ललितपुरको गोदावरी–हरिसिद्धी आउ–जाउ गर्ने सवारी साधन आज पनि क्यान्सर अस्पताल-सानागाउँ-ईमाडोल-ग्वार्को हुँदै गुडिरहेका छन् ।

सो स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गोदावरी–हरिसिद्धी सडक पिच नभएको भन्दै स्थानीयले केही दिनअघि सवारी आवागमन ठप्प पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्