Logo
Logo

निर्वाचनमा सत्ता साझेदार दलबीच सहमति हुन्छः प्रेम आले


693
Shares

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने जानकारी गराए । मन्त्री आलेले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन जग्गा अधिग्रहणका लागि मात्र रु. १६ अर्ब विनियोजन भएको बताए । एक प्रश्नको जवाफमा उनले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचालय, टर्मिनल भवन र लगेज बेल्टका लागि बजेट विनियोजन गरिएको बताए ।

मन्त्री आलेले विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएकोसमेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्