Logo
Logo

सवारी साधनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


630
Shares

मोरङ । सवारी साधनले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ठक्करबाट विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजाको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१४ मा गएराति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा आज बिहान मृत्यु भएको हो । नम्बर खुल्न नसकेको सवारी साधनले गएराति १२ बजे देउजालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार दुर्घटनापछि सवारी साधनसहित चालक फरार भएका र उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्